वीरगन्जमा आइतबार बिहानदेखि त्रिभुवन राजपथ अन्तर्गत सडक विस्तार कार्य तीव्र रूपमा अघि बढाइएको छ।
सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा सडक अतिक्रमणमा परेका घर तथा टहराहरू हटाउन डोजर परिचालन गरिएको हो।
सडक विस्तारका लागि डोजर, जेसीबी र एक्साभेटरसहित ९ वटा उपकरण प्रयोग गरिएको छ भने वीरगन्ज महानगरपालिकाले पनि थप ४ वटा डोजर परिचालन गरेको छ।




