सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल) को गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
ट्राफिक अनुशासन पालना नगरेको भन्दै सभामुखको गाडीलाई जरिवाना तिराइएको हो ।
ट्राफिक प्रहरी स्रोतले दिएको जानकारी अनुसार सभामुख अर्यालको गाडीलाई लेन अनुशासन उल्लंघन गरेको भन्दै थापाथलीमा जरिवाना तिराइएको हो ।
ट्राफिक प्रहरी स्रोतका अनुसार सडक नियमको पालना नगरेपछि समाभुखको गाडीसहित अगाडी–पछाडी रहेका अगुवा गाडीसमेत कारवाहीमा परेका छन् । भीभीआईपीको गाडी भएकाले सडकमै चिट काट्न नमिलेपछि सिंहदरबार पुगेर कारवाही गरिएको बताइएको छ ।





