पञ्जाव किंग्सले जारी आइपीएलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा पञ्जावले सनराइजर्सलाई ६ विकेटले पराजित गरेको हो ।
सनराइजर्सले दिएको २२० रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले अविजित ६९ रन बनाएका थिए भने प्रियान्स आर्याले ५७ रन बनाएका थिए । त्यस्तै प्रभसिमरन सिंहले ५१ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्माले ७४ रन बनाएका थिए भने हेईनरिच क्लासेनले ३९ र ट्राभिस हेडले ३८ रन बनाएका थिए ।
यो जितपछि पञ्जाव किंग्सको ४ खेलमा ७ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सले भने ४ खेलमा तेस्रो हार बेहोरेको छ र २ अंक रहेको छ ।




