प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज पीएम कपमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुँदैछ ।
जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबको ६ खेलमा ११ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशको ७ खेलमा १० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच पर्सामा खेल हुदैछ ।
जारी पीएम कपमा कर्णाली प्रदेश ७ खेलमा ३ अंकसहित नवौं स्थानमा छ भने नेपाल पुलिस क्लब ६ खेलमा ७ अंकसहित चौथो स्थानमा छ ।





