दरौदी नदीमा कार खस्दा दुई जना गम्भीर

गोरखा आँबुखैरेनी सडक खण्डअन्तर्गत दरौदी नदीमा कार खस्दा दुई जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान किरब ३ः३० बजे आँबुखैरेनीबाट गोरखातर्फ आँउदै गरेको बा १७ च ९९०६ नम्बरको क्रेटा कार सडक दुर्घटना हुँदा दुई जना गम्मीर घाइते भएका हुन् ।

दुर्घटनमा गोरखा नगरपालिका –१० छेपेटारका निरज कोइराला र पिटर गुरूङ घाइे हुनुभएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले जानकारी दिनुभयो ।

घाइते दुई जनालाई स्थानीय र प्रहरीले उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्जरहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । दुबै जनाको टाउको, हात खुट्टामा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।