प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने

 प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने भएको छ । सोमबारको कार्यसूचीमा छलफल सकिएपछि सभामुख डीपी अर्यालले अर्को बैठक मङ्गलवार दिउँसो १ बजे बस्ने घोषणा गरेका हुन् ।

आजको बैठकले तीन वटा अध्यादेश स्वीकृत गर्नुका साथै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।

यस्तै बैठकले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ ।  साथै पूर्व सांसद रामचन्द्र भट्टराईका निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।