सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।

बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।

त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुनेछ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गर्ने र्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।