नेपाली कांग्रेसले चैत २४ गते पार्टीको संसदीय दलको नेता चयन गर्ने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिमो शनिबार बसेको बैठकले चैत २४ गते संसदीय दलको नेताको निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ।
कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दाबी गरेका छन्।




