लोकप्रिय हाँस्य कलाकार सागर लम्साल प्रहरी नियन्त्रणमा परेका छन् ।
उनलाई काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
बलेमाथि अमेरिकामा बस्ने एक युवतीले शुक्रवार मात्रै अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
सोही आरोपमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।




