अबुधाबीमा क्षेप्यास्त्रले ७ नेपाली घाइते

शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषबाट ७ नेपाली घाइते भएका छन्।

अबुधाबी मिडिया अफिसले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार जसमध्ये ६ जनालाई सामान्यदेखि मध्यमसम्म चोट लागेको छ। एक नेपाली भने गम्भीर घाइते भएका छन्।

नामावली भने दिइएको छैन।

यो घटना अबुधाबीको अजबान क्षेत्रमा भएको हो। वायु रक्षा प्रणालीले क्षेप्यास्त्रलाई रोक्दा भग्नावशेष खसेको थियो।

त्यही घटनामा ५ भारतीय पनि घाइते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।