ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहारगर्ने युवा संघ ललितपुर जिल्ला अध्यक्ष

ललितपुर महानगरपालिकाको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।

ज्येष्ठ नागरिकलाई दुःख दिएको र मर्यादित व्यवहार गरेको उजुरीका आधारमा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० टाखेल बस्ने ३० वर्षीय रामशरण शर्मा बजगाईँ (आरबी शर्मा) पक्राउ पर्नुभएको हो । 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नुभएका बजगाईँमाथि थप अनुसन्धान भइरहेको छ ।