गुर्जुधारा यातायात कार्यालयबाट समातिए ८ बिचौलिया

Screenshot 2026 03 31 16 47 35 692 np.com .nepalipatro edit

काठमाडौको गुर्जधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ परेका छन् ।

प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सेवाग्राहीलाई दुःख, हैरानी दिएको आरोपमा ८ बिचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेको तेमाल गाउँपालिका–८ का ३० वर्षीय सुनिल लामा, काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीय सुदीप मगर, धादिङको थाक्रे गाउँपालिका–४ का २० वर्षीय बुद्ध तामाङ छन् ।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका–९ का २६ वर्षीय सुमेश नेपाली, थाक्रे गाउँपालिका–४ का २४ वर्षीय अमन तामाङ, बझाङको तेलकोट गाउँपालिका–४ का १८ वर्षीय उज्जवल सिंह र मोरङको केराबारी गाउँपालिका–५ का २६ वर्षीय दिलिप राई छन् ।

उनीहरूलाई वृत्त थानकोटको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

समन्धित समाचार