‘यो प्रतिशोध होइन,न्यायको सुरुवात हो ’: गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको र पछिल्लो पक्राउ कारबाही प्रतिशोधका आधारमा नभएको स्पष्ट पारेका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले यस्तो बताएका हुन्।

‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ उनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’

गृहमन्त्री गुरुङले मुलुक अब नयाँ दिशातर्फ अघि बढ्ने विश्वास समेत व्यक्त गरेका छन्। ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।