आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार थियो । आज मंगलबार २ लाख ७३ हजार ९०० रुपैयाँमा झरेको हो ।
तोलाको ८० रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँ कायम भएको छ ।





