चर्चित हिन्दी टेलिश्रृंखला ‘तारक मेहताका उल्टा चस्मा’ मा नट्टु काकाको निधन

ghan

एजेन्सी – चर्चित हिन्दी टेलिश्रृंखला ‘तारक मेहताका उल्टा चस्मा’ मा नट्टु काकाको चरित्रमा चर्चित अभिनेता घनश्याम नायकको ७६ वर्षको उमेरमा मुम्बइमा निधन भएको छ ।

घाटीको क्यान्सरबाट पीडित नायकको गत वर्ष अप्रेशन गरेर आठ वटा गाँठा निकालिएको थियो । तर, उपचारको क्रममा आइतबार साँझ निधन भएको हो ।

सन् २००१ मा प्रशारण भएको ‘ये दुनियाँ है रंगीन’बाट पर्दामा सक्रिय भएका नायकलाई विशेषगरी ‘तारक मेहताका उल्टा चस्मा’ ले परिचित गराएको हो ।

सन् १९६० अशोक कुमारको फिल्म मासुममा बालकलाकारको रुपमा अभिनय गरेका नायकले बेटा, तिरंगा, आँखे, लाडला, क्रान्तिवीर, आन्दोलन, बरसात, माफिया, चाहत, चाइना गेट, हम दिल दे चुके सनम, तेरे नाम, खाकीलगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन् ।

उनले बिभिन्न ३५० भन्दा बढी हिन्दी सिरियलमा अभिनय गरेका छन् । महेन्द्र कपुर तथा आशा भोस्लेजस्ता चर्चित गायक गायिकाका साथ एक दर्जन बढी गुजराति फिल्ममा गीत गाएका नायकले साढे तीन सय बढी गुजराति फिल्ममा डबिङ गरेका छन् ।

समन्धित समाचार