खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।

शव लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको हाे । ‘शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन,’ उनले भनिन्।