१३.५१ अंकले बढेको नेप्सेमा १२ अर्बको कारोबार

 साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर खरिद बिक्री हुँदा रू. १२ अर्ब ३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

HIGHLIGHTSमंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ्स मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, एनआईसी एशिया ग्रोथ फण्ड-२का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।