मेस्सी पेरिस झरेपछि पीएसजी पहिलो पटक स्तब्ध

psg messi

काठमाडौं, १७ असोज-स्टार खेलाडी लियोनल मेस्सी क्लबमा अनुबन्धन भएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक स्तब्ध भएको छ ।आइतबार साँझ भएको खेलमा भ्रमणकारी टोली पीएसजी रेनेससँग २-० गोल अन्तरले पराजित भएको हो ।

रेनेसको जितमा गेततान लोबार्डे र फ्लाभियन ताइटले १-१ गोल गरे । खेलको ४४ मिनेटमा लोबोर्डेले सुरुवाती गोल गरे । उनले कामल्दिन सुलेमानको उत्कृष्ट क्रसलाई गोलमा परिणत गरे ।यस्तै, दोस्रो गोल फ्लाभियनले ४६ मिनेटमा गरे । उनले कर्नर साइडबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलमा माउरिसिओ पोचेटिनोको टोलीले खेलमा कुनै त्यस्ता उपलब्धिमुलक पोस्ट आक्रमण गर्न सकेन । पीएसजीले मेस्सीसँगै केलियन एम्बाप्पे र नेयमारलाई अग्रपंक्तिमा उतारेको थियो ।लिगा वानमा पहिलो हार बेहोरेको पीएसजी नौ खेलबाट २४ अंकसहित शीर्षस्थानमा यथावत् छ ।

समन्धित समाचार