राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । बैंठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने जनाइएको छ ।
प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।
उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने भएको छ।




