नारायणगढ-मुग्लिन सडकको तुइनखोला नजिकै फ्लडलाइट जडान

नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला नजिकै फ्लडलाइट जडान गरिएको छ ।

त्यसक्षेत्रमा बाटोमाथिबाट पटक पटक ढुंगा र पहिरो खस्ने समस्या छ ।

त्यसकारण रातिको समयमा पनि स्पष्ट देखिन सक्नेगरि दुई ठाउँमा फ्लडलाइट जडान गरिएको सडक डिभिजन चितवनले जनाएको छ ।