पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ ।

सडकको तीन ठाउँमा पहिरो जाँदा बाटो एकतर्फीरुपमा बन्द भएर ट्राफिक जाम भएको आयोजनाले जनाएको छ ।

मुग्लिङ–नारायणगढ सडक खण्डको तुईनखोला, नाम्सी खोला र कालीखोलामा ढुङ्गा खस्दा सडक अवरुद्व भएको हो ।