सोमबार तीन पटकसम्म सर्किट हान्दै उकालो लागेको सेयरबजार मंगलबार करेक्सनमा गएको छ। मंगलबार नेप्से ३२.०८अंकले घटेर २८४३.३५ अंकमा ओर्लिएको हो।
चुनावअघिको ६ कारोबार दिन निरन्तर बढेको नेप्से चुनावपछि सोमबार १६२ अंकले बढेको थियो। ६ प्रतिशतको वृद्धिपछि मंगलबार बजारले विश्राम लिन पुगेको हो।
यो दिन प्रि ओपन सेसनमा ३५ अंकले नेप्से बढे पनि कारोबार खुलेपछि भने सूचक उकालो लाग्न सकेन। दिनभर अंकको उतारचढाव देखिएपनि बजार भने राताम्मे नै बनिरहन पुग्यो।
यो दिन सूचक अधिकतम २९११.३७ अंकमा पुगेको थियो भने न्युनतम २७९६.९७ अंकसम्म पुगेको थियो। यद्यपी बजार सम्हालिँदै अगाडि बढेपनि समग्रमा दोहोरो अंकको ह्रास सँगै बजार बन्द भएको हो।
सूचक घटे पनि कारोबारले भने ८ महिना यताकै धेरै भएको छ। गत साउन ८ गते २६ अर्बको कारोबार गरेका लगानीकर्ताले त्यसयता दैनिक १० अर्ब तलको कारोबार गर्दै आएको थिए। गत माघ २ गते १६ अर्बको कारोबार गरेपनि सो बराबरको कारोबार भने हुन सकेको थिएन।
सोमबार मतगणना करिब सकिएर नयाँ सरकार बन्ने पक्कापक्की भएसँगै बजारले त्यसको प्रतिकृया जनाएको थियो। सोमबार तीन पटकसम्म तीन मिनेटको कारोबरमा सूचक६ प्रतिशतशले बढेर बजार समयावधी अगावै बन्द भएको थियो। यद्यपि सो दिन कारोबार भने न्यून देखिएको थियो।
तर मंगलबार भने नाफा बुक गर्ने र खरिद गर्ने दुवै लगानीकर्ता सकृय बन्दा कारोबारमा उच्च बृद्धि देखिएको हो। कारोबार शुरु भएको २१ मिनेटमै ६ अर्ब माथिको सेयरखरिद बिक्री गरेका लगानीकर्ताले कुल २१ अर्ब ५० बराबरको कारोबार गरेका हुन्।
यो दिन बजार करेक्सनमा जाँदा अधिकांश कम्पनीको सेयरमूल्य घटेको छ। कुल कारोबारमा आएका ३२९ मध्ये १७८ वटाको मूल्य घटेको छ भने ७८ वटाको मात्रै बढेको छ। पाँच वटको मूल्यमा भने परिवर्तन देखिएन।
जसमा रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्यमा सकारात्मक सर्किट लाग्दा सालपा विकास बैंक, थ्रि स्टार हाइड्रोपावरको मूल्य सर्किट लेबलमै बढ्न पुगेका छन्। यता घट्नेमा भने हिमस्टार उर्जा कम्पनी अगाडि छ।यो कम्पनीको मूल्य ६.३६ प्रतिशले घट्दा अन्य १७७ वटा कम्पनीको मूल्य सामान्यले बढेको हो।
यो दिन लगानीकर्ताले सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको गरेका छन्। यो कम्पनीको कुल १ अर्ब ९ करोडबराबरको कारोबार भएकोहो। यो बाहेक आज आँखु जलविद्युत कमपनी, अपी पावर कम्पनीमा पनि लगानीकर्ताको चाप बढि देखिएको छ।




