बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

216

एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए। त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत पाए भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाए।

राप्रपाका भुपेन चन्दले २६८१ मत ल्याए। अन्य उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन्। बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको थियो।

समन्धित समाचार