श्रम संस्कृति पार्टीले खाता खोल्यो: खोटाङबाट आरेन राई निर्वाचित

IMG 20260308 0843031

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहेका आरेन निर्वाचित भएका हुन् ।

केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएको कार्यालयले जनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ४७७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी (नेपाल)का सुनिल चाम्लिङले १११, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गरेका थिए।

समन्धित समाचार