चुनाव हारेपछि रवीन्द्र मिश्रले लिए राजनीतिबाट बिदा

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बिदा लिएका छन्। 

काठमाडौँ १ बाट पराजित भएपछि मिश्रले आज दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका हुन्। 

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५४ मतसहित विजयी हुँदा तेस्रो स्थानमा रहेका मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका थिए।