ललितपुर निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्ध रत्न महर्जन विजयी भएका छन्। भारी मतका साथ महर्जनले नेपाली कांग्रेसका चर्चित नेता उदय शमशेर जबरालाई पराजित गरेका हुन्।
बुद्ध रत्न महर्जनले २३,३७३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका राणाले १३ हजार ५२० मत प्राप्त गरे । यसैगरी, नेकपा एमालेका चेतनाथ सन्जेलले ६ हजार ५४६, उज्यालो नेपालका पदम लामाले दुई हजार ६८६, नेकपाका सुनील महर्जनले एक हजार ९६४ मत ल्याएका छन् ।
राप्रपाकी सजिना कार्कीले ६५२, श्रम संस्किृतिका गौतम थापाले २२१र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भीमसेन घिमिरेले १७३ मत ल्याए ।





