दुर्गा प्रसाईं चुनावसम्म हिरासतमै रहने

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।



प्रसाईं पछिल्लोपटक फागुन ४ मा काठमाडौंमा पक्राउ परेर फागुन १३ मा रिहा भएका थिए । उनले चुनाव नहुने भन्दै अभिव्यक्ति दिँदै आएका छन् । प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते बिहीबार हुँदैछ । सोही दिनसम्मको लागि अदालतले उनलाई हिरासतमा राख्न अनुमति दिएको हो । ५ दिनको म्याद आजैबाट लागूहुन्छ ।