रास्वपा काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्रलाभ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार रञ्जु दर्शनाले आज छोरालाई जन्म दिएकी छिन् ।

प्रसूतिका लागि उनी काठमाडौंको बानेश्वरस्थित निजामती अस्पताल भर्ना भएकी थिइन्। उनी अस्पतालमा भए पनि चुनाव प्रचारप्रसार मतदातासँग भोट माग्ने काम रोकिएको छैन।