काठमाडौं, १५ असोज – एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई जितका लागि दुई सय २७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर इपिएलकै सर्वाधिक दुई सय २६ रन बनाएको हो ।
ललितपुरका ओपनिङ ब्याटर सन्दुक विराक्कोडीले सर्वाधिक ७३ रन बनाए । यस्तै अज्मतुल्लाह ओमार्जाइले ५८ रन बनाउँदा कुशल भुर्तेलले ३२, योगेन्द्र सिंह कार्कीले २७ तथा नारायन जोशीले १८ रन बनाए ।
विराटनगरका कप्तान कारण केसीले दुई तथा सिकन्दर राजा, प्रतिस जिसी, दिल्शन मुनावीराले समान १-१ विकेट लिए ।
इपिएल क्रिकेटको इतिहासमा यो सर्वाधिक रन बनेको हो ।