क्यानडेली–अमेरिकी अभिनेत्री क्याथरीन ओ’हाराको मृत्यु फोक्सोमा रगत जमेर (पल्मोनरी इम्बोलिज्म)का कारण भएको पुष्टि भएको छ । उनको मृत्यु प्रमाणपत्रमा यसलाई तत्कालीन कारणका रूपमा उल्लेख गरिएको छ ।
मृत्युको दीर्घकालीन कारण भने रेक्टल क्यान्सर बताइएको छ । जनवरी ३० मा लस एन्जलसस्थित एक अस्पतालमा ओ’हाराको ७१ वर्षको उमेरमा निधन भएको थियो ।
दस्ताबेजअनुसार उनले मार्च २०२५ देखि क्यान्सरको उपचार गराइरहेकी थिइन् ओ’हाराका पति बो वेल्च, दुई छोरा म्याथ्यु र लुक तथा छ जना दाजुभाइ–दिदीबहिनी छन् । पल्मोनरी इम्बोलिज्म फोक्सोको रक्तनलीमा रगत जम्न थालेपछि ज्यान नै जोखिममा पर्ने अवस्था हो ।
यसमा सास फेर्न गाह्रो हुने, छाती दुख्ने र कहिलेकाहीँ रगत मिसिएको खोकी पनि लाग्न सक्छ ।





