यसकारण अभिनेता शाहरुख खानबाट प्रभावित बनिन् नायिका पूजा

c3014389b96e4d024201ac5e84027bea

काठमाडौंः पूजा शर्मा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री हुन्। थोरै समयमा धेरै फिल्ममा अभिनय गर्नुको साथै दर्शको मन पनि जित्न सफल भएकी छिन्। ‘थ्रि लबर’फिल्मबाट आफ्नो फिल्म करिअर बनाएकी पूजाले तीन वटा फिल्म बनाइसकेकी छिन्। सानै उमेरदेखि सिनेमा क्षेत्रमा रुचि राख्ने पूजाको फिल्मी करिअरलाई नै अन्नपुर्ण पोष्टमा खबर छ । अघि बढाउने सोचमा छिन्। पूजासँग अन्नपूर्ण पोस्ट् डटकमका लागि अन्नपूर्णकर्मी मनिका विश्वकर्माले गरेको कुराकानी :

तपाईंलाई कस्ता किताब पढ्न मनपर्छ?
मलाई मुड अनुसारको बुक मनपर्छ। कहिले कसैको जीवनी पढ्न रुचाउँछु कहिले नयाँ कुरा सिकाउने किताब पढ्न मन लाग्छ।

कुन समय मन पर्छ ?
बिहानको समय रमाइलो लाग्छ। बेस्ट लाग्छ।

तपाइँलाई कस्तो व्यक्ति मनपर्छ ?
मनको सफा भएको मान्छे मनपर्छ।

यात्र वा घुमफिर गर्न कत्तिको रुचि छ?
चिसो मौसममा ट्रेकिङ्ग गर्न मन पर्छ। लामो दुरीको यात्रा मन पर्छ। धेरै साथीसँग भए बसमा अनि एक्लै हुँदा प्लेनमा यात्रा गर्छु।

सबैभन्दा बढी कसको माया लाग्छ?
मम्मीको लाग्छ।

मनपर्ने खानेकुरा के हो?

भुटेको आलु, कालो दाल, गोलबेडाको अचार अनि भात।

अहिले के काममा व्यस्त हुनुहुन्छ?
‘म यस्तो गीत गाँउछु’ भन्ने फिल्ममा आउने तयारीमा छु।

नेपालको राजनिति कस्तो लाग्छ?
वास्तवमा मलाई राजनिति नै घृण लाग्छ। मन नै पर्दैन।

सिनेमा क्षेत्रमा आउने प्रेरणा कोसँग पाउनुभयो?

शाहरुख खानको फ्यान थिए। एक कक्षा पढ्दादेखि उहाँको फिल्म हेर्ने गरेको थिएँ। उहाँको बर्थ डे हुँदा म पनि घरमा मनाउँथें। उहाँको फिल्मी जीवनले पनि मलाई यता तानेको हो। उहाँ मलाई एकदम मनपर्छ।

नेपाली चलचित्रका कुन नायक-नायिका मनपर्छ?
आर्यन सिग्देल, भुवन केसी र करिश्मा मानन्धर मनपर्छ।

तपाईंको पहिलो फिल्म कुन हो?
मेरो पहिलो फिल्म ‘थ्रि लबर’ हो। जहाँ मैलै प्रियंका कार्की दिदिको साइटमा अभिनय गरेको थिएँ।

अभिनय गर्दा कुन कुरालाई बढी फोकस गर्नुहुन्छ?
रियालिटिमा बढी फोकस गर्छु। बनावटीभन्दा पनि बढी रियल बन्ने कोसिस गर्छु।

अभिनयलाई दर्शकले मनपराउनुको कारण के होला?
अब मेरो रियल अभिनय त होला नि। उहाँहरुले मेरो न्याचुरलपनलाई मन पराउनुभएको होला जस्तो लाग्छ।

यति धेरै राम्री हुनुहुन्छ? प्रेम प्रस्ताव कत्तिको आउँछ?
आउँछन् नि धेरै नै। पहिले त अचम्म लाग्थ्यो अहिले त नर्बल रुपमा लिएकी छु।

अहिले प्रेम सम्बन्धमा हुनुहुन्छ कि हुनुहुँदैन?
छ भन्न पनि सकिंदैन। छैन भन्न पनि सक्दिनँ। बुझिरहेकी छु। त्यही हो।

कलाकारितामा आउने नयाँ पुस्तालाई के सन्देश दिन चाहानुहुन्छ?
बुझेर आउनुहोस्। धेरै तयारी गरेर आउनुहोला। हचुवाको भरमा नआउनु। साँच्चिनै यसैलाई नै लक्ष्य बनाउनु भएको छ भने अवश्य तयारी पुर्‍याएर आउनुहोस्।

तपाईले आफूले अभिनय गर्नुभएको कुन फिल्म धेरै मनपर्छ?
‘प्रेम गीत’मनपर्छ।

हालसम्म तपाईले कतिवटा फिल्ममा अभिनय गर्नुभयो?
काउन्ट त गरेको छैन। मेरो विचारमा लगभग १२ वटा फिल्ममा अभिनय गरें होला।

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो?
लगभग २० वटा गीतमा अभिनय गरें होला।

समन्धित समाचार