भारतले नेपाललाई १२ अर्बभन्दा बढी अनुदान उपलब्ध गराउने

नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया अर्थात करीव १२ अर्बभन्दा बढी नेपाली रुपैया बरारबरको अनुदान दिने भएको छ ।

भारतको आर्थिक वर्ष २०२६/०२७ का लागि आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान दिने उल्लेख गरिएको हो ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ७ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

पाकिस्तानबाहेक सबै दक्षिण एशियाली मुलुकलाई भारतले अनुदान दिने गरेको छ ।