काठमाडौं । च्याम्पियन लिग अन्तर्गत भएको गएरातिको खेलमा बार्सिलोना बेनिफिकासँग पराजित भएको छ ।
बार्सिलोनाले आफ्नो दोस्रो खेलमा बेनिफिकासँग ३-० गोलले हार बेहोरेको हो । यसअघिको आफ्नो पहिलो खेलमा पनि बार्सिलोना बयार्न म्युनिखसँग ३-० गोलअन्तरले नै पराजित भएको थियो ।
पहिलो खेलको हारका कमजोरीहरुलाई सुधार्दै सुखद नतिजा निकाल्ने अपेक्षामा रहेको बार्सिलोनालाई यो हारले ठूलो धक्का पुगेको छ । दोस्रो खेलमा पराजित हुँदा बार्सिलोनाको समूह ई को पुछार झरेको छ ।
बेनिफिकाका लागि डार्विन नुरेजले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ६९ औं मिनेटमा बेनिफिकाका लागि राफा सिल्भाले दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको ७९ औं मिनेटमा पेनाल्टी पाएको बेनिफिकाले थप अर्को गोल गरेर ३-० गोलको बिजय प्राप्त गर्यो ।
बेनिफिका ४ अंकसहित समुह ई को दोस्रो स्थानमा रहेको छ । हारपछि बार्सिलोना भने सन् २००३–०४ सिजनपछि पहिलोपटक लिगको नकआउट चरणमा नपुग्ने सम्भावना बढेको छ ।