बालेनको चुनावी अभियानमा हिँडेका सहयोगी बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा उनको साथमै अछाम गएका सहयोगी बेहोस भएपछि काठमाडौं ल्याइएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

बुधबार बिहान एक्कासी बेहोस भएका नुवाकोटका दिनेश सिटौलालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट अछाम गएको थियो ।