साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।





