मौसम प्रतिकुलताका कारण ६ आन्तरिक विमानस्थल बन्द

आन्तरिक उडानमा मौसम प्रतिकुलताका कारण ६ विमानस्थल बन्द भएका छन् ।

काठमाडौं विमानस्थलका अनुसार अहिले बिहान १०ः ५० सम्म नेपालगञ्ज, जनकपुर, भरतपुर, तुम्लिङटार, धनगढी र राजविराज विमानस्थल बन्द छन्।

यद्यपि, पोखरा, भैरहवा, चन्द्रगढी, सिमरा र सुर्खेत विमानस्थल खुला भएका छन् ।

यात्रीहरुलाई उडानको अवस्थाबारे अग्रिम जानकारी लिन विमानस्थल वा एयरलाइन्सहरुसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

मौसम प्रतिकुलताका कारणका कारण केही उडान स्थगित वा रद्द हुन सक्ने सम्भावना रहेको छ।