राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : नयाँ मन्त्री नियुक्त गर्नेबारे के भयो कुरा ?

 प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।

बुधबार बिहान करिब १०ः३० बजे राष्ट्रपति निवास शीतलनिवास पुगेकी प्रधानमन्त्री कार्की करिब आधा घण्टा छलफलपछि ११ बजे बाहिरिएकी हुन् ।

भेटमा निर्वाचनसम्बन्धी विषयमा छलफल भएको अनुमान गरिए पनि राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा केही खुलाएका छैनन् ।

यद्यपि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गर्नेबारे कुनै छलफल नभएको बुझिएको छ ।