दक्षिण कोरिया जान नपाएपछि माइतीघरमा प्रदर्शन

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएको भन्दै युवायुवतीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा पास गरी एक वर्षभन्दा बढी समयदेखि रोस्टरमा रहे पनि रोजगारदाताको छनोट नपरेको भन्दै उनीहरूले रोष व्यक्त गरेका हुन् ।

दुई वर्षभित्र छनोट नभए नाम हट्ने व्यवस्था अन्यायपूर्ण भएको भन्दै रोस्टर अवधि दुई वर्ष थप गर्न माग गरिएको छ ।

प्रदर्शनकारीहरूले ‘इपीएसको लुट धन्दा बन्द गर’, ‘पासरलाई छिटो कोरिया लगियोस्’ र ‘२ वर्ष म्याद थप गरियोस्’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।