कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । कर्णालीका १० जिल्लाहरुमध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा तालमेलको सहमति भएको हो ।
सम्बन्धी सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
हुम्लामा एमालेका दल फडेरा र प्रलोपाका जटिल कार्की उम्मेदवार छन् । यीबाहेक कांग्रेसका जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीका डा. दीपेन्द्र रोकाया, राप्रपाका छक्क बुढा र रास्वपाका टासी ल्हान्जोम उम्मेदवार छन् ।
यसैगरी जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार छन् । यी बाहेक कांग्रेसका दीपबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, रास्वपाका विनिता कठायत, नेकपा माओवादीका बिर्खबहादुर शाही र नेमकिपाका बिर्ख रावतलगायत उम्मेदवार छन् ।





