सुनको भाउ इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको भाउ तोलामा दुई हजार चार सय र चाँदीको दुई सय ९० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो । 

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ रहेको थियो । 

यता, गत शुक्रबार प्रतितोला छ हजार एक सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार छ हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।