आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्ने विषयमा पार्टीभित्र छलफल थालेका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि उनले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो ।
तर, उक्त क्षेत्रमा अन्य दलका युवा उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गर्न थालेका हुन् ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।
स्रोतका अनुसार, ‘डा. साबलाई निर्वाचन लड्नु भन्दा अभिभावकको भूमिकामा रहनु उपयुक्त हुने सुझाव धेरैबाट आएको छ । त्यसै कारण आज पार्टीभित्र यस विषयमा छलफल भएको हो ।’





