गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड

गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ। 

परियारसहितको टोली चढेर गएको गाडी गोर्खाको भिमसेन गाउँपालिका-३ मा तोडफोड भएको हो । 

गाडीमा कसले तोडफोड गर्‍यो भन्ने यकिन हुन सकेको छैन। तोडफोडबाट गाडीको सिसा फुटेको छ। गाडी पार्किङका लागि राखेको थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन् । बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो । 

गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।