काठमाडौँ महानगरपालिकाका मेयर तथा रास्वपाका नेता बालेन्द्र शाह (बालेन)ले पृथ्वी नारायण शाहप्रति सम्मान व्यक्त गरेका छन्।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यस अवसरमा मेयर बालेनले सामाजिक सञ्जालमार्फत् पृथ्वीनारायणप्रति सम्मान जनाएका हुन्।
‘घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्,’ पृथ्वी नारायण शाहको दिव्योपदेशसहित बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवसको शुभकामना!’
विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विभिन्न कार्यक्रमहरु हुँदैछन्। पृथ्वी जयन्तीका अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।





