रास्वपाले एकतर्फी रुपमा सहमति भाँडेको कुलमान घिसिङको आरोप

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकतर्फी रुपमा सहमति भाँडेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले रास्वपामा साधारण सदस्य भएर बस्न तयार हुँदा पनि सहमति हुन नसकेको र वार्ता जारी रहँदा रहँदै एकतर्फी रूपमा सहमति तोडेको बताएका हुन् ।

घिसिङले भने, ‘म आज अत्यन्तै मर्माहित भएको छु । यो अवस्था आउँछ भनेर लागेको थिए । यो १२ दिन मेरा लागि ठूलो बिलखबन्दमा, कता जाने भन्ने नै अन्यौलमा भएको परिस्थिति, अगाडि बढौं भने उहाँहरू अघि बढ्न नदिने, पछि जाऔं भने आम नेपाली र जेनजी भाइबहिनीहरूको सपनालाई पूरा गर्नका लागि पछि हट्न नमिल्ने अवस्था थियो ।’