करिब ५० जना सम्पादकहरुलाई एक्कासी किन बानेश्वर बोलाए केपी ओलीले ?

243265458 240819364536557 1154534673919516556 n

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तरक्रिया गरिरहेका छन् । नयाँबानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तरक्रिया गरिरहेका हुन् ।

पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसदको अवरोधलगायतका विषयमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरेका हुन् ।

प्रधानमन्त्री रहँदा बालुवाटारमा दुई पटक सम्पादकसँग अन्तरक्रिया गरेका ओली सत्ताबाट बाहिरिएपछि पहिलो पटक अन्तरक्रिया गरेका हुन् ।

खिमलला भट्टराई, प्रदीप ज्ञवाली, विष्णु पौडेल र योगेश भट्टराईलाई दायाँबायाँ राखेर ओलीले अन्तरक्रिया गरिरहेका छन् ।

समन्धित समाचार