सोमबार बिहानैदेखिको प्रदर्शनका कारण वीरगन्ज बजार तनावग्रस्त छ ।
वीरगन्जको स्थिति तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशबाट वीरगन्जको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकाराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको हो ।
प्रजिअ दाहालले जारी गरेको निषेधाज्ञाको सूचनामा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, सोमबार दिउँसो १ बजे देखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
सोमबार बिहानैदेखिको प्रदर्शनका कारण वीरगन्ज बजार तनावग्रस्त छ । बजार खुल्ने र बन्द हुने क्रम जारी रहेको छ ।





