देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । बैठक आज बिहान ९ बजेपछि महाराजगञ्जस्थित सभापतिको निवासमा बस्न लागेको हो ।

पार्टीको विशेष महाधिवेशनको तयारीमा जुटेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सँग समन्वय गर्दै सभापतिले बैठक बोलाएका हुन् । यसअन्तर्गत कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई छलफलमा उपस्थित हुन आह्वान गरिएको छ ।