आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।
विभागका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू–भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।
आज राती तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने छ ।





