नेकपा एमालेको निर्वाचनमा धमाधम मतगणना भइरहेको छ । अहिलेसम्म आधा मतगणना सम्पन्न भएको छ।
अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै रहेको छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार ११३९ मत गन्दा अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन्।
ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ।
यस्तै महासचिवमा शंकर पोख्रेलले ६१३ मत पाएका छन् । उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।





