एनपीएलः टस जितेर लुम्बिनीविरुद्ध काठमाडौँ ब्याटिङ गर्दै

 काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध  काठमान्डु गोर्खाले ब्याटिङ गर्दैछ ।

टस जितेर काठमाडौँले पहिले ब्याटिङ रोजेको हो । यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले उपाधिको सम्भावना कायम राख्ने छ । हार्ने टोलीको फाइनल यात्रामा पूर्णविराम लाग्ने छ । आज खेलमा विजयी टोलीले फाइनल प्रवेशका लागि विराटनगर संगको भेट पक्का गर्ने छ ।

त्यस्तै, पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । यसअघि भएका दुई खेलमा काठमाडौँले लुम्बिनीलाई हराएको थियो । आजको खेलमा लुम्बिनी भने काठमाडौँलाई हराएर उसको उपाधि यात्रामा पूर्णविराम लगाउन चाहान्छ ।